काठमाडौं । अरुण काबेली पावरको गोप्य शिल्ड बिड भोलि बिहान १० बजे खोलिने भएको छ । कम्पनीको अवितरित हकप्रद शेयरको लागि २०८० असोज ३० गतेदेखि २०८० कार्तिक १४ गतेसम्म बिक्री खुल्ला गरी आवेदन माग गरिएको थियो ।
सो अवधिभित्र प्राप्त भएका बोलपत्रहरु भोलि मिति २०८० कार्तिक २० गते, सोमबार बिहान १० बजे नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडको कार्यालय नारायणचौर नक्साल, काठमाण्डौमा खोलिने भएको हो ।