काठमाडौं । आज शेयर बजारमा गिरावट आएको छ । आज साताको पहिलो दिन नेप्से परिसूचक २१ दशलमव ४६ अंकले घटेर १,८२६ दशमलव २३ को विन्दुमा कायम भएको छ । आज होटल्स एण्ड टुरिजम बाहेक सबै उपसूचक घटेका छन् । आज ३५ कम्पनीको शेयर मुल्य बढेको छ भने १९७ कम्पनीको शेयर मुल्य घटेको छ ।
आज ९७ करोड २३ लाख ६७ हजार रुपैयाँको शेयर कारोबार हुँदा सबैभन्दा धेरै नविल बैंकको संीथापक शेयर किनबेच भएको छ । आज नविल बैंकको ४ करोड ६० लाख रुपैयाँ संस्थापक शेयर कारोबार भएको छ । त्यस्तै, ग्लोबल आइएमई बैंकको ३ करोड १७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एनआइसी एशिया बैंकको ३ करोड ३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन डिष्टिलरीको २ करोड ८९ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।