IME Life
GBIME

नेप्सेमा २१ अंकको गिरावट हुँदा १९७ कम्पनीको शेयर मुल्य घट्यो

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । आज शेयर बजारमा गिरावट आएको छ । आज साताको पहिलो दिन नेप्से परिसूचक २१ दशलमव ४६ अंकले घटेर १,८२६ दशमलव २३ को विन्दुमा कायम भएको छ । आज होटल्स एण्ड टुरिजम बाहेक सबै उपसूचक घटेका छन् । आज ३५ कम्पनीको शेयर मुल्य बढेको छ भने १९७ कम्पनीको शेयर मुल्य घटेको छ ।

आज दिनभरिमा २८९ कम्पनीको ३५ लाख ५८ हजार ५५४ कित्ता शेयर किनबेच हुँदा ९७ करोड २३ लाख ६७ हजार रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै नविल बैंकको संस्थापक शेयर किनबेच भएको छ । आज नविल बैंकको ४ करोड ६० लाख रुपैयाँ संस्थापक शेयर कारोबार भएको छ ।

Crest

त्यस्तै, ग्लोबल आइएमई बैंकको ३ करोड १७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एनआइसी एशिया बैंकको ३ करोड ३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन डिष्टिलरीको २ करोड ८९ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै एनआइसी एशिया लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ६ दशलमव ९७ प्रतिशतका दरले कमाएका हुन् । तारागाउँ रेजेन्सीका लगानीकर्ताले ५ दशलमव ४७ प्रतिशतका दरले कमाउका हुन् । माया खोला हाइड्रोका लगानीकर्ताले ४ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै हिमालयन लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

100%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS