काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्सले आफ्नो नयाँ शाखा कार्यालय उद्घाटन गरेको छ । कम्पनीले इटहरीमा नयाँ शाखा कार्यालय संचालनमा ल्याएको हो । नेपाल माइक्रोले गत असार २८ गतेदेखि व्यवसायिक कारोबारको शुरु गरेको थियो । चितवनको भरतपुर केन्द्रीय कार्यालय रहेको कम्पनीले लुम्बिनी प्रदेशको मुख्य व्यापारिक केन्द्र रहेको इटहरीमा पनि शाखा खोल्दै आफ्नो सेवा विस्तार गरेको छ । यस अघि कम्पनीले नेपालगञ्जमा शाखा कार्यालय विस्तार गरिसकेको छ ।
सिइओ रिमालले भने,“ हरेक क्षेत्रमा लघु बीमा सेवा पुर्याउने हेतुले यस शाखा कार्यालय विस्तार गरेको हो । यस क्रमलाई हामी थप विस्तार गछौँ ।”