Connect IPS
IME Life

आइसिएफसी फाइनान्सको नाफा ७१ प्रतिशतले घट्यो

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आइसिएफसी फाइनान्स लिमिटेडले चालू आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा गत आर्थिक वर्षको पहिलो त्रैमासको तुलनामा चालू आर्थिक वर्षको सोही अवधिमा ७१ दशलमव ९७ प्रतिशतले घटेको छ ।

गत आर्थिक वर्षमा कम्पनीले ३ करोड ३४ लाख खुद नाफा आर्जन गरेको थियो । चालु आथिृक वर्षको यस अवधिमा कम्पनीले ९३ लाख ७७ हजार रुपैयाँ नाफा आर्जन गरेको छ ।

Prabhu
Crest

गत आवमा कम्पनीको इम्पेयरमेन्ट चार्ज ३ करोड ४६ लाख रहेकोमा चालू आर्थिक वर्षमा बढेर ५ करोड ८४ लाख पुगेको छ । सोही कारण कम्पनीको सञ्चालन नाफा ७२ दशलमव ५१ प्रतिशत घटेको छ ।

त्यस्तै कम्पनीको खुद ब्याज आम्दानी पनि गत आवको तुलनामा चालू आर्थिक वर्षमा २१ दशलमव ४९ प्रतिशत घटेको छ । गत आवमा कम्पनीले रू १४ करोड ८८ लाख खुद ब्याज आम्दानी गरेकोमा चालू आर्थिक वर्षमा घटेर ११ करोड ६८ लाखमा झरेको छ ।

नाफा घटेसँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि घटेको छ । गत आर्थिक वर्षमा कम्पनीको प्रतिशेयर आम्दानी ११ रुपैयाँ ८७ पैसा रहेकोमा चालू आर्थिक वर्षमा घटेर ३ रुपैयाँ १७ पैसामा झरेको हो । यस अवधिमा कम्पनीको प्रतिशेयर नेटवर्थ १५९ रुपैयाँ २३ पैसा रहेको छ ।

कम्पनीको चुक्ता पूँजी १ अर्ब १८ करोड रहेको छ । चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा कम्पनीले जगेडामा ६९ करोड ६० लाख र रिटेन्ड अर्निङमा ४९ लाख ४३ हजार सञ्चिति गरेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS