Connect IPS
IME Life

विनिमय सञ्चिति पर्याप्तताको फाइदा लिन सक्नुपर्छः गभर्नर

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले नेपालको वाह्य क्षेत्र सबल स्थितिमा रहेको हुँदा त्यसको फाइदा देशले लिन सक्नुपर्ने बताएका छन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज)को १५ औं वार्षिकोत्सव अवसरमा आयोजित कार्यक्रममा गभर्नर अधिकारीले नेपालसँग एक वर्षभन्दा बढीको आयात धान्ने विदेशी विनिमय सञ्चिति रहेको भन्दै त्यसबाट लाभ लिनुपर्ने बताएका हुन् ।

‘१२ महिनाको आयात र साढे १० महिनाको आयात तथा सेवाका लागि पर्याप्त सञ्चिति सबल अर्थतन्त्र भएको मुलुकसँग पनि हुँदैन,’ अधिकारीले भने । उनले बजारलाई नियमन गर्न नसकेकाले महँगी नियन्त्रणमा समस्या रहेको दाबी गरे ।

Prabhu
Crest

बैंकिङ क्षेत्रका बारे उनले भने, ‘बजारको मागअनुसार तरलता छ । पछिल्लो त्रैमासिकको वित्तीय विवरणअनुसार बैंकहरुको निष्क्रिय कर्जा बढेको देखिन्छ तर अन्य देशको तुलनामा कम नै हो । आपूर्ति प्रणाली र बजारमुल्य नियमन गर्न नसक्नाले मुद्रास्फीति बढेको हो ।’
गर्भनर अधिकारीले अर्थतन्त्र चलायमान बनाउन निजी क्षेत्र र सरकार मिलेर निर्माणाधीन आयोजना छिटोभन्दा छिटो टुंग्याउनुपर्ने छ ।

अधिकारीले पर्यटन क्षेत्र र रेमिट्यान्स क्षेत्रमा सकारात्मक ऊर्जा देखिएको बताए । उनले बैंकहरुको लगानी विविध क्षेत्रमा भएकाले कुनै क्षेत्रमा अप्ठेरो पर्दा बैंकमा संकट नआउने पनि दाबी गरे ।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले श्रीलंकाको त्रासबाट आर्थिक र मौद्रिक नीतिमा कडाई गरिएकाले अर्थतन्त्रमा समस्या आएको बताए । उनले अहिलेको समस्या समाधान गर्न सामान्य नीतिगत सुधारले नहुने भन्दै बृहत् सोचका साथ परिवर्तन आवश्यक रहेको बताए ।

उनले बजारलाई चलायमान बनाउन विश्वासको वातावरण बनाउनु पर्ने बताए । ‘अहिले धेरै पर्यटक भित्रिएका छन् । बैंकमा तरलता पनि बढ्दो छ,’ ढकालले भने, ‘सरकारले व्यवसायी र सर्वसाधारणमा विश्वासको वातावरण बनाउन सहयोग पु¥याउनु पर्छ ।’ ढकालले कर्णालीमा गएको भुकम्प प्रभावितलाई आफूहरुले पनि राहत वितरण गर्ने बताए । उनले सक्दो राहत वितरण गर्न व्यवसायीहरुलाई आग्रह गरे ।

नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश कुमार अग्रवालले सञ्चार माध्यम तथा पत्रकारलाई राजनीतिक भन्दा आर्थिक विषयलाई प्राथमिकता दिन आग्रह गरे । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले वाह्य क्षेत्रमा अर्थतन्त्र सकारात्मक देखिए पनि आन्तरिक रुपमा चलायमान हुन नसकेको बताए । मल्लले बजेटमा रहेको प्राकृतिक स्रोत निर्यातको विषय उल्लेख भएपनि कानुनी अप्ठेरो रहेको बताए । उनले छिटो कानुन बनाई जडिबुटी देखि प्राकृतिक सामाग्री निर्यात बढाएर व्यापार घाटा कम गर्नपर्ने बताए ।

समारोहलाई सम्बोधन गर्दै नाफिजका अध्यक्ष मोदनाथ ढकालले सरकारको योजना सोहीअनुसार कार्यान्वयन नहुँदा समस्या देखिएको बताए । ‘अर्थिक समृद्धिको बाटोमा देखिएका समस्यामा बहस गराउन नाफिजले नेतृत्वदायी भुमिका खेल्नेछ,’ ढकालले भने ।

१५ औं वार्षिकोत्सवको अवसरमा तीन जना आर्थिक पत्रकार पुरस्कृत भएका छन् भने नाफिजको वार्षिक प्रकाशन ‘अर्थचित्र’ जर्नल विमोचन भएको छ । राजधानीको एभरेस्ट होटलमा आयोजित कार्यक्रममा समसामयिक आर्थिक विषयमा छलफलसमेत आयोजना गरिएको छ ।

वार्षिकोत्सवको अवसरमा ‘प्लानिङ २.०’ थिममा प्रकाशित वार्षिक जर्नल विमोचन भएको हो । जर्नलको बिमोचन अर्थमन्त्री डा. प्रकाश शरण महत, नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीसहित निजी क्षेत्रका छाता संगठन नेतृत्वले संयुक्त रुपमा गरे ।

जर्नलमा ३० भन्दा बढी अनुसन्धान र विश्लेषणात्मक लेख समावेश गरिएको छ । नाफिज जर्नलको यो तेस्रो संस्करण हो । योजना निर्माण कसरी गर्ने भन्ने सुझावसमेत समेटिएको जर्नलले नेपालको योजनामा पुनरावलोकन र क्रान्तिकारी परिवर्तन आवश्यक रहेको औंल्याएको नाफिज अध्यक्ष ढकालले बताए ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS