Connect IPS
IME Life

सकारात्मक कुराको सम्प्रेषणका लागि सञ्चारकर्मीको भूमिका महत्वपूर्ण छः मन्त्री डा. महत

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्र विस्तारै सकारात्मक बाटोमा अगाडि बढेको बताएका छन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को १५ औं वार्षिकोत्सबमा बोल्दै मन्त्री डा. महतले भने, ‘अहिले आत्मविश्वास र सकारात्मक कुराको सम्प्रेषण आवश्यक छ । यस विषयमा सञ्चारकर्मीको महत्वपूर्ण भूमिका हुन्छ ।’

अर्थमन्त्री महतले आर्थिक पत्रकारहरुमा व्यवसायिकताको विकास भएकोमा खुशी व्यक्त गरे । उनले ‘यो व्यवसायिकता आउँदा दिनमा अझ विकसित हुने विश्वास व्यक्त गरे ।

Prabhu
Crest

सामाजिक सञ्जालमा नकरात्मक कुरा धेरै बिक्छ, त्यसैले नकरात्मक कुरा बढी आउँछ भन्दै मन्त्री डा. महतले भने, अर्थतन्त्रले विस्तार सकारात्मक बाटो पक्रेको छ । यद्यपि प्राकृतिक विपत्तिलगायत अनेक खाले अप्ठ्यारा देशले व्यहोर्दै आएको छ । यी परिस्थिति आउनसक्छ यसका बाजुद दीगो योजना बनाएर हामी अगाडि बढेर आर्थिक वृद्धि गर्नुपर्ने छ ।’

‘विभिन्न कालखण्डमा देखापरेको समस्याहरु, कतिपय नीतिगत र प्राथमिकताका छुट्याउने काममा चुकेका कारणले हाम्रो अर्थतन्त्रमा समस्या आयो । एकाएक खडा भएको समस्या होइन’ मन्त्री डा.महतले भने, ‘यो समस्या निराकरणका लागि केही समय अवश्य लाग्छ । अहिले बाह्य सुचांकहरु राम्रो छ । रेमिट्यान्स बढेको छ । पर्यटक आगामन बढेको छ । यसले हाम्रो आर्थिक गतिविधि चलायमान बनाउन मद्दत पुग्छ ।’

मन्त्री डा. महतले भने, ‘घरजग्गा कारोबारमा हिजोको दिनमा बढी लगानी भयो । अत्याधिक मूल्य वृद्धि भयो, त्यही रुपमा मूल्य बढेको बढै हुने अवस्था थिएन । विभिन्न आर्थिक परिवेश पनि त्यो दीगो थिएन । कित्ताकाटका समस्या थिए, त्यो हटेको छ, विस्तार यो व्यवसाय पनि अघि बढ्दै गएको छ ।’

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

100%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS