Connect IPS
IME Life

सीएनआई र यूएनसीडीएफबीच सहकार्य, लगानी तथा व्यापार अभिवृद्धिका लागि अगोरा प्लेटफर्ममा आबद्ध

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल उद्योग परिसंघ (सीएनआई) संयुक्त राष्ट्रसंघ पुँजी विकास कोष (यूएनसीडीएफ)को सहयोगमा लगानी तथा व्यापार अभिवृद्धिमा सहयोग गर्न “अगोरा” प्लेटफर्ममा आबद्ध भएको छ।

अगोरा विकासशील, उदीयमान र सीमावर्ती बजारका उद्यमी, लगानीकर्ता र विज्ञहरुसँग जोड्ने वेब प्लेटफर्म परियोजना हो। शुक्रबार परिसंघका अध्यक्ष राजेशकुमार अग्रवाल र यूएनसीडीएफका उपकार्यकारी सचिव जेभियर मिचोनले अगोरा प्लेटफर्म सञ्चालन तथा आवद्धता सम्बन्धी समझदारीपत्रमा सम्झौता आदानप्रदान गरे। अगोरा प्लेटफर्ममा आबद्ध भएको नेपाल उद्योग परिसंघ पहिलो संस्था हो।

Prabhu
Crest

यो समझदारीसँगै अगोरा प्लेटफर्ममा आवद्ध भएको छ र परिसंघले नेपाली उद्योगहरुका लागि लगानी प्रवद्र्धनलाई बढावा दिन अगोरा प्लेटफर्मलाई अगाडि बढाउनेछ। उत्पादन तथा सेवामूलक उद्योगहरुको प्रतिनिधिमूलक संस्था परिसंघले अगोराको घरेलु परिनियोजनको निरीक्षण गर्नेछ। साथै, नेपालका उद्यमी एवं व्यवसायीहरुलाई उद्यमशिलताको विकासका लागि आवश्यक पर्ने वित्तीयसहित विशेषज्ञता आवश्यकताका आधारमा दिइनेछ।

अगोराले देशको औद्योगिक र संस्थागत क्षेत्रमा रोजगारीका अवसरहरु सिर्जना गर्दै स्वदेशी एवं विदेशी लगानी प्रवर्द्धन गर्ने परिसंघको दृष्टिकोणलाई सहयोग गर्नेछ। परिसंघका अध्यक्ष अग्रवालले यूएनसीडीएफसँगको सहकार्यबाट नेपालमा लगानीको परिदृश्यलाई रुपान्तरण गर्न अगोरा प्लेटफर्म महत्वपूर्ण हुने विश्वास व्यक्त गरे। संयुक्त राष्ट्रसंघको पुँजी विकास कोषले अगाडि सारेको “अगोरा” मा नेपाली वस्तुहरुलाई आबद्ध गराउने र नेपाली वस्तुहरु अन्तर्राष्ट्रिय बजारमा पहुँच पुर्याउन महत्वपूर्ण हुने उनले बताए।

परिसंघले मेक इन नेपाल स्वदेशी अभियानमार्फत नेपाली वस्तुहरुको प्रवर्द्धनमा काम गर्दै आएको उल्लेख गर्दै उनले यस प्लेटफर्ममार्फत अन्तर्राष्ट्रिय बजारमा पहुँच पुग्नेमात्रै नभई अन्तर्राष्ट्रिय व्यवसायिक सञ्जालमा पुग्न प्रभावकारी माध्यम बन्ने बताए। साथै, उनले अगोराले सुचना प्रसारणमा भएको कमीलाई पुरा गरी व्यवसाय, उद्यमी र समुदायहरुलाई पुँजी निर्माणमा समेत योगदान गर्ने विश्वास व्यक्त गरे।

यूएनसीडीएफका उपकार्यकारी सचिव मिचोनले परिसंघसँगको अर्थपूर्ण सहकार्य र साझेदारीले नेपाली वस्तुहरुको अन्तर्राष्ट्रिय बजारमा पहुँच विस्तार गर्न निकै सहयोग हुने बताए। उनले अगोराले विदेशी लगानीकर्ताहरुलाई ‘किन नेपाल’ बाट ‘किन नेपालमा नगर्ने’ भन्ने मानसिकतामा परिवर्तन ल्याउन मद्दत गर्न सक्नेसमेत बताए।

समान विचारधाराका साझेदारहरुसँगको सहकार्यमा यूएनसीडीएफले सन् २०२३ को अन्त्यसम्ममा करिब २० देशमा पुग्ने लक्ष्यका साथ अगोरालाई विश्वव्यापी सार्वजनिक हितका रुपमा अगाडि बढाइरहेको छ। लगानीकर्ताले उदियमान बजार अवसरहरु खोजी रहन्छन्, अत्याधुनिक एल्गोरिदमहरु र आर्टिफिसियल इन्टेलिजेन्सको प्रयोग गरेर उद्यमी एवं लगानीकर्ताबीचको सम्बन्धलाई प्रगाढ बनाउन अगोराले उनीहरुको हकहित सुनिश्चित गर्न मद्दत गर्नेछ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS