Connect IPS
IME Life

अपडेटः मृतकको संख्या ८० नाघ्यो, उद्धार कार्य जारी

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । जाजरकोट र रुकुम पश्चिममा शुक्रबार राती गएको शक्तिशाली भूकम्पमा परी ज्यान गुमाउनेको स‌ंख्या ८० नाघेको छ। १३० भन्दा बढी घाइते भएका छन् । बाटोमा सुख्खा पहिरो गएकाले उद्धार कार्यमा चुनाैती भएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ।

प्रहरीका अनुसार भेरी नगरपालिकामा ३०, नलगाड नगरपालिकामा ६, कुशे गउँपालिकामा ७ र छेडागाड नगरपालिकाका १ जनाको ज्यान गएको छ। यसैगरी  रुकुम पश्चिममा जाजरकोटसँग जोडिएका आठबीसकोट नगरपालिकामा ३६ जना र सानीभेरी गाउँपालिकामा ८ जनाको ज्यान गएको छ।

Prabhu
Crest

घाइतेहरुको उद्धार गरी उपचारको लागि जिल्ला अस्पतालमा पुर्‍याइएको छ । शक्तिशाली भूकम्पका कारण जाजरकोटको नलगाड र रुकुमको आठविसकोट नगरपालिका र सानीभेरी नगरपालिका क्षेत्रमा ठूलो क्षति भएको प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ।

शुक्रबार राति ११ बजेर ४७ मिनेट जाँदा जाजरकोटलाई केन्द्रविन्दु बनाएर ६.४ म्याग्निच्युडको भूकम्प गएको हो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

100%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS