Connect IPS
IME Life

ग्लोबल आइएमई बैंकको नाफामा सामान्य सुधार

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। बैंकले प्रकानश गरेको विवरण अनुसार खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा सामान्य बढेको छ।

चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा बैंकले १ अर्ब २२ करोड ५७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३ दशमलव ०४ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब १८ करोड ९५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

Prabhu
Crest

यस अवधिमा बैंकको खुद ब्याज आम्दानी ४९ दशलमव ९२ प्रतिशत बढेको छ भने खुद फि तथा कमिशन आम्दानी ३६ दशमलव १९ प्रतिशत बढेको छ। त्यसैगरी, यस अवधिमा बैंकको कुल सञ्चालन आम्दानी ४७ दशमलव ३५ प्रतिशत र सञ्चालन मुनाफा ६ दशमलव ४२ प्रतिशत बढेको छ। बैंकको निष्क्रिय कर्जा २ दशमलव १ प्रतिशतबाट बढेर ४ दशमलव ३८ प्रतिशत पुगेको छ ।

असोज मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा ३ अर्ब ३२ करोड ३३ लाख रुपैयाँ रहेको छ भने प्रतिशेयर वितरणयोग्य मुनाफा ९ रुपैयाँ ९६ पैसा रहेको छ। ३५ अर्ब ७७ करोड १० लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा २४ अर्ब ४३ करोड रुपैयाँ सञ्चित छ।

नाफा बढेपनि बैंकको प्रतिशेयर आम्दानी भने घटेको छ। यस अवधिमा बैंकको प्रतिशेयर आम्दानी ६ रुपैयाँ २९ पैसा घटेर १३ रुपैयाँ ७१ पैसामा सीमित भएको छ। असोज मसान्तसम्ममा बैंकको मूल्य आम्दानी अनुपात १४।७४ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १६८ रुपैयाँ ३० पैसा रहेको छ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS