काठमाडौं । एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट लिमिटेडले आज कात्तिक १७ गते ११औं वार्षिक साधारण सभा गर्ने भएको छ । सभा आम्रपाली व्याङ्क्वेट, काठमाडौंमा विहान ९ बजे गर्ने कम्पनीले जनाएको छ । कम्पनीको असोज १४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले उक्त सभाको मिति तय गरेको हो ।
११औं वार्षिक साधारण सभा प्रयोजनका लागि कम्पनीले असोज ३० गते एक दिन बुक क्लोज गरेको थियो । बुक क्लोजको आधरामा असोज २९ गतेसम्म कायम शेयरधनीहरू मात्र सभामा भाग लिन सक्नेछन् ।