काठमाडौं । आज साताको अन्तिम कारोबार नेप्सेमा दोहोरो अंकको गिरावट भएको छ । आज नेप्से परिसूचक १० दशमलव ८६ प्रतिशतले घटेर १,८४७ दशलमव ७० को विन्दुमा कायम भएको छ । आज ४० कम्पनीको शेयर मुल्य बढेको छ भने १९० कम्पनीको मुल्य घटेको छ ।
आज सबैभन्दा धेरै चन्द्रगिरी हिल्सका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ६ दशलमव ०४ प्रतिशतका दरले कमाएका छन् । आज हिमालयन लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ५ प्रतिशतका दरले कमाएका छन् । एनआइबिएल प्रगति फण्डका इकाईधनीले ४ दशलमव ९६ प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै सयपत्री हाइड्रोपावर कम्पनीका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् ।