काठमाडौं । सुनचाँदीको विशेष किनमेल हुने तिहार पर्वलाई लक्षित गर्दै नेपाल राष्ट्र बैंकले सुन र चाँदीका सिक्का आइतबार देखि बिक्रीमा ल्याउने भएको छ । बैंकले कात्तिक १९ देखि २४ गतेसम्म बबर महलस्थित टक्सार महाशाखाबाट सिक्का बिक्री गरिने जानकारी गराएको छ ।
सुनको सिक्का १० ग्राम, ५ ग्राम र २.५ ग्राम ताैलमा उपलब्ध हुनेछ । यसैगरी विभिन्न ताैलमा गाई, गणेश र लक्ष्मी अंकित चाँदीका सिक्का समेत उपलब्ध रहेको राष्ट्र बैंकले सूचनामार्फत् जानकारी दिएको छ।