काठमाडौं । नेपालमा जारी आईसीसी टी–२० आई विश्वकप एसिया क्षेत्र छनोटको खेलमा डिशहोमले खेलाडीका लागि पुरस्कार घोषणा गरेको छ । बुधबार डिशहोमको डिशहोम फाइबर नेटले ‘अब इतिहास रच्ने पालो हाम्रो’ भन्ने नारासहित पुरस्कार घोषणा गरेको हो।
पुरस्कार अन्तर्गत आगामी खेलमा शतक प्रहार गर्ने नेपाली खेलाडीले १० लाख रुपैयाँ पाउनेछन् । त्यस्तै, एकै खेलमा शतक र ५ विकेट लिने खेलाडीले २० लाख रुपैयाँ दिइने डिशहोमले जनाएको छ ।
एकै खेलमा ५ विकेट लिएमा ५ लाख, अर्धशतक बनाएमा १ लाख, कम्तीमा ३ विकेट लिएमा १ लाख, कम्तीमा ३५ रन बनाएमा ५० हजार र कम्तीमा ३ क्याच वा स्टम्पिङ गर्ने खेलाडीलाई ५० हजार रुपैयाँ दिइने जनाएको छ ।