काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक सामान्य अंकले घटेको छ । आज शेयर बजार नेप्से परिसूचक ५ दशलमव ८३ अंकले घटेर १,८५८ दशमलव ५६ को विन्दुमा कायम भएको छ । आज ६८ कम्पनीको शेयर मुल्य बढेको छ भने १६२ कम्पनीको शेयर मुल्य घटेको छ । आज इन्भेष्टमेन्ट बाहेक सबै उपसूचक घटेका छन् ।
आज ८१ करोड २० लाख ८९ हजार रुपैयाँको शेयर कारोबार हुँदा सबैभन्दा धेर्र सोनापुर मिनरल्सको शेयर कारोबार भएको छ । आज यस कम्पनीको १४ करोड ६० लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
त्यस्तै, आशा लघुवित्त वित्तीय संस्थाको ७ करोड २ लाख रुपैयाँ संस्थापक शेयर किनबेच भएको छ । हाथवे इन्भेष्टमेन्टको १ करोड ९७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सिटिजन लाइफको १ करोड ४८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।