IME Life
GBIME

नेप्सेमा ५ अंकको गिरावट हुँदा १६२ कम्पनीको शेयर मुल्य घट्यो

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक सामान्य अंकले घटेको छ । आज शेयर बजार नेप्से परिसूचक ५ दशलमव ८३ अंकले घटेर १,८५८ दशमलव ५६ को विन्दुमा कायम भएको छ । आज ६८ कम्पनीको शेयर मुल्य बढेको छ भने १६२ कम्पनीको शेयर मुल्य घटेको छ । आज इन्भेष्टमेन्ट बाहेक सबै उपसूचक घटेका छन् ।

आज दिनभरिमा २९६ कम्पनीको ३३ लाख ६४ हजार ५६ कित्ता शेयर किनबेच हुँदा ८१ करोड २० लाख ८९ हजार रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेर्र सोनापुर मिनरल्सको शेयर कारोबार भएको छ । आज यस कम्पनीको १४ करोड ६० लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Crest

त्यस्तै, आशा लघुवित्त वित्तीय संस्थाको ७ करोड २ लाख रुपैयाँ संस्थापक शेयर किनबेच भएको छ । हाथवे इन्भेष्टमेन्टको १ करोड ९७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सिटिजन लाइफको १ करोड ४८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै सयपत्री हाइड्रोपावर कम्पनीका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ९ दशलमव ३९ प्रतिशतका दरले कमाएका छन् । हिमालयन लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ८ दशलमव ५४ प्रतिशतका दरले कमाएका हुन् । रावा इनर्जीका लगानीकर्ताले ७ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै सोनापूर मिनरल्सका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ७ दशमलव ९९ प्रतिशतका दरले गुमाएका हुन् ।

 

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS