काठमाडौं । मिर्मिरे लघुवित्तले आफ्नो नाममा रहेको जग्गा बिक्री गर्ने भएको छ । कम्पनीले एक सूचना जारी गर्दै आफ्नो नाममा रहेको ४ कट्ठा १५ धुर जग्गा (घडेरी) बिक्रीका लागि गोप्य शिलबन्दी बोलपत्र आह्वान गरेको हो ।
कम्पनीले कैलाली जिल्लाको लम्कीचुहा नगरपालिका वडा नं १० मा रहेको जग्गा विक्री गर्न लागेको हो । उक्त जग्गा खरिद गर्न इच्छुक जो–कोहीले गोप्य शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन् । कम्पनीले सो जग्गाको लागि न्यूनतम मूल्य १४ लाख १४ हजार तोकिएको छ ।
आवेदनका लागि बोलपत्र फाराम कम्पनीको सामान्य सेवा विभाग, केन्द्रीय कार्यालय बेनपा र सुदूरपश्चिम प्रदेश कार्यालय बौनियाबाट प्राप्त गर्न सकिने जनाएको छ । आवेदकले बोलपत्र फाराम कम्पनीको केन्द्रीय कार्यालय वा सुप प्रदेश कार्यालय बौनियामा प्राप्त हुने गरी ३५ दिनभित्र पेश गर्न कम्पनीले आग्रह गरेको छ ।