काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले मुद्दति खातामा लगानी गर्ने भएको छ । बोर्डमा रहेको लगानीयोग्य (अक्षय कोषबाहेकको) रकम मुद्दति खातामा लगानी गर्न लागेको जनाएको छ ।
उक्त रकम वाणिज्य बैंकमा मुद्दति निक्षेपका रुपमा १ वर्षका लागि लगानी गरिने सेबोनले जनाएको छ । ईच्छुक बैंकले कात्तिक १९ गते कार्यालय समयभन्दा १ घन्टा अगाडि योग्यता खुल्ने आवश्यक कागजातसहित शिलबन्दी प्रस्ताव गर्न बोर्डले आग्रह गरेको छ ।
प्राप्त भएको शिलबन्दी प्रस्तावहरु कात्तिक १९ गते अपरान्ह ४ः१५ बजे ललितपुरको खुमलटारस्थित सेबोनको कार्यालयमा खोलिने जनाएको छ ।