काठमाडौं । गण्डकी प्रदेश लोकसेवा आयोगले ठूलो संख्यामा दरखास्त आब्हान गरेको छ । प्रदेश निजामती र स्थानीय सेवाका अधिकृत सातौँ र सहायक पाँचौ तहका प्राविधिक र अप्राविधिक पदहरुका लागि दरखास्त आब्हान गरेको हो । सार्वजनिक रुपमा विज्ञापन गरेर गण्डकी प्रदेश लोकसेवाले अन्तरतह, खुला तथा समावेशी प्रतियोगिताका लागि दरखास्त मागेको हो ।
विज्ञापन अनुसार सबैभन्दा बढी स्थानीय तहतर्फको पाँचौ तह सहायकतर्फ वरिष्ठ प्रशासन सहायक ७६ जनाको संख्या माग गरिएको छ । प्राविधिकतर्फ सिभिल सव इन्जिनियर ५६ जना हेल्थ असिस्टेन्ट ४७ जना माग गरिएको छ ।