Connect IPS
IME Life

अन्तर्राष्ट्रिय जलविद्युत सम्मेलन सुरुः नेपालको हरित ऊर्जामा लगानी भित्र्याउन इप्पानले पहल गर्ने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । ‘दिगो विकासको आधार’ भन्ने नारासहित अन्तर्राष्ट्रिय जलविद्युत् सम्मेलन इन्डोनेसियामा सुरु भएको छ । इन्डोनेसियाको राजधानी बालीमा कात्तिक १४ गते देखि १६ गतेसम्म आयोजना हुने सम्मेलनमा नेपालसहित विश्वभरका ऊर्जा उत्पादकहरुको सहभागिता रहेको छ ।

सम्मेलनमा स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था इप्पानको प्रतिनिधित्व गर्दै इप्पान उपाध्यक्ष आनन्द चौधरी, सचिव कविता पोखरेल र व्यवस्थापक सुम्निमा उपाध्याय सहभागी छन् । त्यस्तै इप्पानका सल्लाहकारद्वय भानु पोखरेल र सुशिल पोखरेल पनि जलविद्युत सम्मेलनमा सहभागी छन् ।

Prabhu
Crest

उक्त सम्मेलनमा इप्पान बाहेक ऊर्जा मन्त्रालयबाट सहसचिव नविनराज सिंह, नेपाल विद्युत प्राधिकरणका निर्देशक प्रवल अधिकारी र जलविद्युत लगानी तथा विकास कम्पनीका प्रमुख कार्यकारी अधिकृत अर्जुन गौतम लगायतको पनि सहभागीता रहेको छ ।

कार्यक्रमको उद्घाटन सत्रमा आइएचएका अध्यक्ष तथा अष्ट्रेलियाका पूर्वराष्ट्रपति माल्कोल्म टर्नबुल र इन्डोनेसियाका ऊर्जा तथा खनिज मन्त्री अरिफिन तस्रिफ लगायतले मन्तव्य राखेका थिए । कार्यक्रमका वक्ताहरुले सन २०५० सम्म जलविद्युत उत्पादनलाई दोब्बर बनाइने बताएका छन् । वक्ताहरुले ग्लोबल वार्मिङ रियालिटी भएको भन्दै फोसेल फ्यूलको खपत घटाउनुपर्नेमा पनि जोड दिएका छन् ।

नेपाल हरित तथा नविकरणीय ऊर्जाको गन्तव्य मुलुक रहेको भन्दै हरित ऊर्जाका आयोजनामा विदेशी लगानी भित्र्याउने विषयमा इप्पान प्रतिनिधि मण्डलले विभिन्न देशका ऊर्जा उत्पादकहरुसँग छलफल गर्नेछन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS