काठमाडौं । लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीले जीवन बीमा अभिकर्ता तालिम संचालन गर्ने भएको छ । कम्पनीले लघु जीवन बीमा अभिकर्ता पेशामा आबद्ध हुन ईच्छुक व्यक्तिहरुका लागि तालिम संचालन गर्न लागेको हो । उक्त तालिम पोखरामा संचालन गर्न लागेको कम्पनीले जनाएको छ । तालिम कार्तिक १८ गतेबाट कार्तिक २० गतेसम्म संचालन हुनेछ । तालिम शुल्क (लाइसेन्सको लागि) भने पाँच सय रुपैयाँ लाग्ने कम्पनीको भनाई छ । ईच्छुकले सम्पर्क गर्न आग्रह गरेको छ ।
लिबर्टी माइक्रो लाइफले लघु जीवन बीमा अभिकर्ता तालिम संचालन गर्दै
![](https://insurancekhabar.com/wp-content/uploads/2023/10/liberty-micro-life.jpg)
![](https://insurancekhabar.com/wp-content/uploads/2024/02/Nepal-Life-Insurance-Bonus-Rate-7879-150x150.png)