Connect IPS
IME Life

विभिन्न कार्यक्रम गरी सांग्रिला डेभलपमेन्ट बैंकले मनायो १९औं वार्षिकोत्सव

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले आफ्नो १९औं वार्षिकोत्सव विभिन्न कार्यक्रमका साथ सम्पन्न गरेको छ । बैंकले विहान ७ बजे का।म।न।पा वडा नं ४, टुँडालदेवी मन्दिर परिसरको सरसफाई गरी वार्षिकोत्सव कार्यक्रमको सुरुवात गरेको थियो ।

यस सरसफाई कार्यक्रममा बैंकका कर्मचारीहरु तथा सामुदायिक प्रहरी सेवा केन्द्र, टुँडालदेवी काठमाडौंको उत्साहपूर्ण सहभागीता रहेको थियो । मन्दिर परिसरको सरसफाई पश्चात बैंकको केन्द्रिय कार्यालय बालुवाटार काठमाडौंकै प्रांगणमा एक कार्यक्रम आयोजनामा आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत तिलगंगा आखा अस्पताललाई रकम दुई लाख रूपैयाँको आर्थिक सहयोग उपलब्ध गराइएको थियो ।

Prabhu
Crest

वार्षिकोत्सव कार्यक्रममा बैंकका अध्यक्ष उज्ज्वल सत्याल लगायत बैंकका सञ्चालकहरु तथा तिलगंगा आँखा अस्पतालका प्रमुख कार्यकारी अधिकृत डा। रिता गुरुङको समेत उपस्थिति रहेको थियो ।

उक्त कार्यक्रममा आफ्नो मन्तव्य व्यक्त गर्दै अस्पतालका प्रमुख कार्यकारी अधिकृत डा। रिता गुरुङले अस्पतालले प्राप्त गरेको सो रकमको उच्च सदुपयोग हुने विचार व्यक्त गरेकी थिइन् । यसकासाथै बैंकको वार्षिकोत्सवकै अवसर पारेर केन्द्रिय कार्यालय बालुवाटार काठमाडौं र नेपालगञ्ज क्लष्टर कार्यालयमा गरी जम्मा १३२ जनाले रक्तदान समेत गरेका थिए ।

उक्त कार्यक्रममा बैंकमा ५ वर्ष भन्दा बढी अवधी काम गरेका कर्मचारीहरुलाई एक्सिलेन्स अवार्ड वितरण समेत गरिएको थियो। कार्यक्रममा बैंकका प्रमुख सञ्चालन अधिकृत अपूर्व प्रसाद जोशीले बैंकको १९औं वार्षिकोत्सवले थप उर्जा प्रदान गरेको र आगामी दिनहरुमा पनि बैंकका सब परिवारले मिलेर थप मिहिनेतका साथ बैंकलाई उचाईमा पु¥याउने विश्वास व्यक्त गरेका थिए ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS