काठमडौं । हिजो साताको पहिलो दिन शेयर बजार भारी अंकले घटे पनि आज दोस्रो दिन सामान्य बृद्धि भएको छ । आज नेप्से परिसूचक ३ दशमलव ०४ अंकले बढेर १,८७८ दशमलव ७० को विन्दुमा कायम भएको छ । आज १२८ कम्पनीको शेयर मुल्य बढेको छ भने ९७ कम्पनीको शेयर मुल्य घटेको छ ।
आज २८७ कम्पनीको २८ लाख २४ हजार ००७ कित्ता शेयर किनबेच हुँदा ६९ करोड ४२ लाख २२ हजार रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै साधना लघुवित्त वित्तीय संस्थाको संस्थापक शेयर कारोबार भएको छ । कम्पनीको ३ करोड ६० लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
नेपाल लाइफको ३ करोड २३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सिद्धार्थ बैंकको २ करोड ९० लाख रुपैयाँ संस्थापक शेयर कारोबार भएको छ । नविल बैंकको २ करोड ३० लाख रुपैयाँको शेयर कारोबार भएको छ ।