काठमडौं । हिजो साताको पहिलो दिन शेयर बजार भारी अंकले घटे पनि आज दोस्रो दिन सामान्य बृद्धि भएको छ । आज नेप्से परिसूचक ३ दशमलव ०४ अंकले बढेर १,८७८ दशमलव ७० को विन्दुमा कायम भएको छ । आज १२८ कम्पनीको शेयर मुल्य बढेको छ भने ९७ कम्पनीको शेयर मुल्य घटेको छ ।
आज सबैभन्दा धेरै पञ्चकन्या माई हाइड्रोपावरका लगानीकर्ताले ७ दशमलव ८२ प्रतिशतले कमाएका छन् । मन्दकीनी हाइड्रोपावर कम्पनीका लगानीकर्ताले ५ दशमलव ८९ प्रतिशतका दरले कमाएका छन् । सुपर मादी हाइड्रोपावर कम्पनीका लगानीकर्ताले ५ प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै सोनापुर मिन्रल्सका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीक ालगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका छन् ।