काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीले हकप्रद शेयर निष्काशन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन पेश गरेको छ । कम्पनीले हाल कायम चुक्ता पूँजीको ६६ प्रतिशत अर्थात १०ः६.६ को अनुपातमा हकप्रद शेयर निष्काशन गर्नका लागि कात्तिक २ गते बोर्डमा निवेदन दिएको हो । विक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ ।
सेबोनबाट स्वीकृती पाएपछि कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ९६ लाख ३१ हजार २२० दशमलव २२ कित्ता हकप्रद शेयर निष्काशन गर्नेछ । हकप्रद शेयर निष्कासनपश्चात पूँजी २ अर्ब ४२ करोडभन्दा बढी पुग्नेछ ।