काठमाडौं । दशैँ अघिको अन्तिम कारोबार दिनको तथ्यांकलाई आधार मान्दा नबिल बैंक नेपाली शेयर बजारको सर्वाधिक रकमको पुँजीकरण भएको कम्पनी रहेको छ ।
कार्तिक २ गतेको तथ्यांकलाई आधारमान्दा नबिल बैंकको पुँजीकरण १ खर्ब ५९ अर्ब रहेको छ । त्यस्तै, दोश्रोमा नेपाल टेलिकमको पुँजीकरण १ खर्ब ५३ अर्ब रहेको छ भने तेश्रोमा नागरिक लगानी कोषको पुँजीकरण १ खर्ब २ अर्ब रहेको छ। तीन कम्पनीको मात्र पुँजीकरण १ खर्ब माथि रहेको छ ।
शिर्ष १० पुँजीकरण भएको कम्पनीमा ६ वाणिज्य बैंक रहेका छन् ।