काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले डिजिटल बैंकिङ सेवालाई प्रवर्द्धन गर्न ग्लोबल स्मार्ट प्लसमार्फत हुने कारोबारमा क्यासब्याक दिने योजना ल्याएको छ।
बैंकको ग्लोबल स्मार्ट प्लस मोबाइल बैंकिङ एप प्रयोगकर्ताहरूले दशैंको टिकाको दिन अर्थात् आज आफ्ना प्रियजनलाई दक्षिणा पठाउँदा १० प्रतिशत (रु. १०० सम्म) तुरुन्तै क्यासब्याक पाउने जानकारी बैंकले दिएको छ। ग्राहकहरुले पैसा पठाउँदा प्रोमोकोड ‘DAKSHINA’ लेखेर पैसा ट्रान्सफर गर्नुपर्नेछ।
बैंकको ग्लोबल स्मार्ट एप प्रयोगकर्ताहरुले आज विजया दशमीको दिन बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म बैंकको दक्षिणा पाउने बैंकले जनाएको छ ।