IME Life
GBIME

बीमा जागरण अभियानलाई सार्थक बनाउन इमान्दार प्रयासको खाँचो

SPIL
NIC ASIA new
NLIC

आम नागरिकमा बीमा सम्बन्धी सचेतना फैलाउँदै बीमाको दायरा बिस्तार गर्ने सरकारी अभियानलाई सार्थकता प्रदान गर्नका लागी लाइन एजेन्सीको हैसियतले चालू आर्थिक वर्षदेखि सकृयता देखाएको छ । प्राधिकरणले नेपाल सरकारलाई रिपोर्टिङ गर्नुपर्ने भन्दै बीमकलाई गम्भीरतापूर्वक जिल्लाव्यापी बीमा सचेतना अभियान सञ्चालन गर्न अनुरोध मिश्रित निर्देशन समेत जारी गरेको छ । प्राधिकरणले यस्तो निर्देशन पहिलो पटक भने जारी गरेको होइन ।

प्राधिकरणले कार्यकारी निर्देशकको हस्ताक्षर सहितको परिपत्रमार्फत् गम्भीरतापूर्वक सचेतना अभियान सञ्चालन गर्न निर्देशन दिए पनि बीमकले यसलाई कर्मकाण्डीरुपमा लिएको प्रतीत हुन्छ । दुई वर्षदेखि चलिरहेको मानिएको जागरण अभियानको क्रममा बीमकले जिम्मा लिएका जिल्लाहरुमा बीमा सम्बन्धी सचेतनाको स्तर कहाँसम्म पुग्यो भन्ने मूल्यांकन गर्ने आधार के ? बीमकले बन्द कोठाभित्र टाठाबाठालाई भेला पारेर छलफल र अन्तरकृया गर्ने कार्यले मात्र बीमा सम्बन्धी जनचेतना वास्तविक लक्षित समूहसम्म पुग्न सक्दैन ।

Crest

प्राधिकरणले नियामकको हैसियतमा सचेतना अभियानका लागी जिल्ला मात्र भाग लगाई दिएको छ । जागरण अभियान कसरी सञ्चालन गर्ने ? के गर्ने ? कस्तो लक्षित वर्गका लागी कस्तो कार्यक्रम सञ्चालन गर्ने ? अभियानको प्रभावकारीता मापन गर्ने मापदण्ड के हुने ? अभियान सञ्चालन भइसकेपछि स्थानीयमा यसबाट कस्तो प्रभाव देखिनुपर्ने ? अभियानको प्रारम्भ र अभियान सञ्चालन भइसकेपछि बीमाको दायरामा समेटिने जनसंख्या कति प्रतिशतले वृद्धि भएको हुनुपर्छ ? यावत् पक्षलाई पनि प्राधिकरणले बीमकलाई दिएको लक्ष्यभित्र समावेश गर्न सक्यो भने मात्र अभियानको सार्थकता नाप्न सकिन्छ ।

सामाजिक उत्तरदायीत्वको रकमको सदुपयोग गर्ने विकल्पः
अभियानलाई वास्तवमै प्रभावकारी बनाउनका लागी यसले अवश्य पनि पैसा र परिश्रम दुबै खोज्छ । पैसामात्र खर्चिएर पनि हुँदैन, मानवीय श्रमको प्रयोग भएन भने आम नागरिकको मन छुने गरी बीमा बुझाउन पनि सकिन्न । प्राधिकरणले खुद नाफाको १ प्रतिशत रकम अनिवार्यरुपमा सामाजिक उत्तरदायीत्वका लागी खर्चिन बीमकलाई निर्देशन दिएको छ । अधिकांश बीमकले यो शिर्षकमा रकम विनियोजन गरेपनि खर्च गर्न हिच्किचाई रहेका छन् वा पहुँचवालाको अनुरोध बमोजिम खर्च भइरहेको छ भन्नेबारे सार्वजनिक जानकारीमा ल्याइएको छैन ।

श्रव्यदृश्यको प्रभावकारी प्रयोगः
बीमा जागरणका लागी प्राधिकरणले श्रव्य दृश्य सामाग्रीहरु उत्पादन गरेको छ। श्रव्य र श्रव्यदृश्य दुबै भएका सामाग्रीहरु सामाजिक सञ्जाल र आफ्नो वेबसाइटमार्फत् सार्वजनिक गरेको छ । यी सामाग्रीहरुलाई बीमकले आफ्नो अभियानका क्रममा कसरी र कतिको प्रयोग गरेका छन् ? अभियान सञ्चालन गरिएका जिल्लाहरुमा बीमकले ल्यापटप र प्रोजेक्टर उपलब्ध गराएर प्राधिकरणले बनाइ दिएको वा आफैंले तयार पार्न लगाएको बीमा जागरण सम्बन्धी श्रव्यदृश्यहरु प्रदर्शनका लागी कतिको इमान्दार पहल गरेका छन ?

प्रभावकारी सडक नाटक
एनजिओकर्मीहरुका अनुसार आम नागरिकको मानसपटलमा कुनै विषय प्रवेश गराउनु छ भने खासगरी ग्रामिण भेगमा सडक नाटक छुटाउनै नहुने औजार हो । हाम्रो जस्तो सामाजिक आर्थिक स्वरुप र भूगोल भएको मुलुकमा सडक नाटक बीमा जागरण अभियानको एउटा प्रभावकारी औजार हुनसक्छ । गत आम निर्वाचनको क्रममा मधेश प्रदेशका जिल्लाहरुमा राजनीतिक दलका उम्मेदवारले सडक नाटकलाई निक्कै प्रभावकारीरुपमा उपयोग गरे । चुनावी उम्मेदवारका लागी सडक नाटक आफ्नो प्रचारका लागी मात्र नभएर विपक्षीविरुद्ध सर्वसाधारणलाई भड्काउनका लागी पनि उत्तिक्कै उपयोगी रह्यो । कारण थियो, सडक नाटकको स्क्रिप्ट स्थानीय अनुभवीले नै तयार पारेका थिए, जसले नाटकको पात्र र कथालाई आम जीवनसँग सिधै लगेर जोडेको थियो । बीमा कम्पनीहरुले पनि कोठे बैठक मात्र नगरेर सडक नाटकलाई पनि बीमा जागरण अभियानको औजार बनाउन सकेको अवस्थामा अवश्य पनि यसले नतिजा ल्याउन मद्दत पु-याउनेछ।

बीमा नियामक प्राधिकरणले वैदेशिक रोजगार बीमालेख, म्यादी र लघु बीमालेखसमेत गणना गरेर कूल जनसंख्याको आधारमा ४० प्रतिशतभन्दा बढी जनसंख्या बीमाको दायरामा समेटिएको दाबी गर्दै आएको छ । बीमकले बेचेका बीमालेखको संख्या र कूल जनसंख्याबीचको अनुपात बीमाको पहुँच अध्ययनको एउटा पाटो भएपनि यो सर्वस्वीकार्य भने होइन । बीमाका लागी प्रति व्यक्ति लगानी वा खर्च कति छ? यो खर्च रकमका हिसाबले हामी दक्षिण एशियाको कुन स्तरमा छौं ? कुनै पनि मुलुकको बीमा क्षेत्रले कुल गार्हस्थ उत्पादनमा दिएको योगदानका आधारमा मात्र बीमाको पहुँच(पेनिटे«शन) गणना गर्नु अन्तर्राष्ट्रिय अभ्यासका आधारमा उपयुक्त हुन्छ । नेपालमा कुल गार्हस्थ उत्पादनमा बीमा क्षेत्रको योगदान कति छ भन्नेबारे यकीन तथ्यांक उपलब्ध छैन । नियामकको हैसियतले यो पक्षलाई पनि गम्भीरतापूर्वक ग्रहण गर्दै योगदान वृद्धि गर्न दीर्घकालीन रणनीति बनाइनुपर्छ।

बीमा जागरणमा सिएसआरको सदुपयोगः
प्राधिकरणले खुद नाफाको १ प्रतिशत रकम अनिवार्यरुपमा सामाजिक उत्तरदायीत्वका लागी खर्चिन बीमकलाई निर्देशन दिएको छ । अधिकांश बीमकले यो शिर्षकमा रकम विनियोजन गरेपनि खर्च गर्न हिच्किचाई रहेका छन् वा पहुँचवालाको अनुरोध बमोजिम खर्च भइरहेको छ भन्नेबारे सार्वजनिक जानकारीमा ल्याइएको छैन । यो रकमको निश्चित प्रतिशत बीमा जागरण अभियानका लागी किन प्रयोग नगर्ने ?
छिमेकी मुलुक भारतले सन् २०२७ सम्ममा कूल गार्हस्थ उत्पादनमा बीमा क्षेत्रको योगदान ८ देखि १० प्रतिशत पु¥याउने र सन् २०४७ सम्ममा सबै भारतीय नागरिकलाई बीमाको सुरक्षा छातामा समेट्ने महत्वकांक्षी लक्ष्य लिएर रणनीतिगतरुपमा अघि बढेको छ। केन्द्र सरकारले पनि होस्टेमा हैंसे गरिरहेको छ। हाम्रो देशमा लाइसेन्स राजका पछाडी रमाई रहेको सरकार राष्ट्रिय बीमा नीति समेत सार्वजनिक गर्न हिच्किचाई रहेको अवस्था छ ।

बीमा क्षेत्र सबैको विश्वासिलो बन्नका लागि बीमा कम्पनीहरुको अहम भुमिका रहेको हुन्छ । जसमा कम्पनीले समयमा नै दाबी भिुक्तानी दनु पनि एउटा प्रभावकारी माध्यम नै हो । बीमा क्षेत्र कुन दिशामा जाने भन्ने कुरा अभिकर्ताहरुको हातमा पनि रहेको हुन्छ । बीमा कम्पनीहरु हरेक क्षेत्रमा आफै पुग्न असम्भव छ । कम्पनीहरुको प्रतिनिधित्व गरेर बीमा अभिकर्ताहरु पुग्ने हुन् । बीमा कम्पनीहरुले अण्डरराइटिङका बेला नै उत्कृष्ट अभ्यासन गरेर बीमितमाझ यी अभिकर्ताहरु प्रति पूर्ण विश्वास जगाउने माहौल तयार पार्नुपर्छ । बीमा कम्पनीले प्रदान गरेर सेवाको चुस्तदुरुस्तपन, बीमा दाबीमा झण्झट रहित सेवाले मात्र अभिकर्ता र बीमा प्रति बीमितको विश्वास कायम राख्न संभव हुन्छ । अभिकर्ताको हातमा केही थान ब्रोशर र प्रस्ताव फारम थमाई दिएर मात्र पनि राम्रो नतिजाको अपेक्षा गर्नु अनुचित हुन्छ। अभिकर्तालाई पूर्णरुपमा प्रशिक्षित बनाउनका लागी बीमकले चार दिने तालिम बाहेक पनि निरन्तर तालिम, व्यवहारिक ज्ञान, अन्तरकृया, सिकाई अनुभव साटासाट मार्फत् उनीहरुको आत्मविश्वास बलियो बनाउनुपर्छ ।

बीमा क्षेत्रमा आम जनमानिसप्रति भएको यस्तो भ्रम तथा सोचलाई परिवर्तण गरी जसरी एउटा बैंकमा ग्राहले पैसा जम्मा गर्न जान्छ त्यसैगरी बीमा कम्पनीमा पनि बीमा गर्छू भनेर आउने बातावरण सिर्जना गर्नका लागि सरोकारबाला सबैको समन्वयात्मक भूमिका जरुरी हुन्छ ।

Sanima Reliance
Siddhartha Bank
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS