Connect IPS
IME Life

झण्डै एक दर्जन कम्पनीको १० करोड ६ लाख कित्ता हकप्रद शेयर पाइपलाइनमा, कुनको कति ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । पछिल्लो समय कम्पनीहरुले सार्वजनिक निष्कासन गर्दै आइरहेका छन् । धितोपत्र बजारको नियामक नेपाल धितोपत्र बोर्डबाट १० कम्पनीले कुल १० अर्ब ६ करोड ८९ लाख ५२ हजार ५२३ रुपैयाँ बराबरको १० करोड ६ लाख ८९ हजार ५२५ कित्ता कित्ता हकप्रद शेयर निष्काशन गर्नका लागि अनुमतिको पखाईमा रहेका छन् । बोर्डमा नारायणी डेभपमेन्ट सहित १० कम्पनीले निवेदन दिएका छन् ।

नारायणी डेभलपमेन्ट बैंक
बैंले २०७९ भदौ ९ गते नै बोर्डमा निवेदन दिएको थियो । हकप्रदका लागि आवेदन दिएका ११ कम्पनीहरूमध्ये नारायणी डेभलपमेन्ट बैंकले नै सबैभन्दा पहिला आवेदन दिएको हो । अझै पनि कम्पनीको हकप्रद शेयर आवेदन प्रक्रिया जवाफ र समीक्षाअन्तर्गत नै रहेको छ । कम्पनीले १ बराबर १ को अनुपातमा २६ करोड २४ लाख ६७ हजार ६ सय रुपैयाँ बराबर २६ लाख २४ हजार ६७६ कित्ता शेयर निष्काशन गर्न बोर्डमा निवेदन दिएको हो । कम्पनीको शेयर विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिट छ ।

Prabhu
Crest

बरुण हाइड्रोपावर
बरुण हाइड्रोपावर कम्पनीले १ बराबर १ को अनुपातमा ५३ करोड ५८ लाख १५ हजार रुपैयाँ बराबरको ५३ लाख ५८ हजार १५० कित्ता शेयर विक्रीका लागि बोर्डमा निवेदन दिएको हो । कम्पनीको शेयर विक्री प्रबन्धकमा आरबीबी मर्चेन्ट बैंकिङ रहेको छ । कम्पनीले बोर्डमा २०८० भदौ २२ गते निवेदन दिएको हो ।

छ्याङदी हाइड्रोपावर कम्पनी
यस कम्पनीले १ बराबर १ को अनुपातमा ३८ करोड ६९ लाख ७७ हजार ५ सय रुपैयाँ बराबरको ३८ लाख ६९ हजार ७७५ कित्ता शेयर विक्रीका लागि बोर्डमा निवेदन दिएको हो । कम्पनीले बोर्डमा २०८० जेठ २२ गते निवेदन दिएको हो ।
सिंगटी हाइड्रो इनर्जी कम्पनी
यस कम्पनीले १ बराबर १ को अनुपातमा शतप्रतिशत अर्थात १ अर्ब ४५ करोड रुपैयाँ बराबरको १ करोड ४५ लाख कित्ता हकप्रद शेयर विक्रीका लागि बोर्डमा निवेदन दिएको हो । कम्पनीको शेयर विक्री प्रबन्धकमा कुमारी क्यापिट छ । कम्पनीले बोर्डमा यही असार २७ गते निवेदन दिएको हो ।

हिमालय उर्जा विकास कम्पनी
यस कम्पनीले १ बराबर १ को अनुपातमा शतप्रतिशत अर्थात ९९ करोड रुपैयाँ बराबरको ९९ लाख कित्ता हकप्रद शेयर विक्रीका लागि बोर्डमा निवेदन दिएको हो । कम्पनीको शेयर विक्री प्रबन्धकमा नविल इन्भेष्टमेन्ट बैंकिङ रहेको छ । कम्पनीले बोर्डमा असार ३१ गते निवेदन दिएको हो ।

अरुण भ्याली हाइड्रोपावर कम्पनी
यस कम्पनीले १ बराबर १ को अनुपातमा शतप्रतिशत अर्थात १ अर्ब ८६ करोड ७९ लाख ६२ हजार ६ सय रुपैयाँ बराबर १ करोड ८६ लाख ७९ हजार ६२६ कित्ता हकप्रद विक्रीका लागि बोर्डको अनुमतिको पखाईमा रहेको छ । कम्पनीले बोर्डमा साउन २४ गते निवेदन दिएको हो । कम्पनीको शेयर विक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिट रहेको छ ।

रिडी पावर कम्पनी
यस कम्पनीले हाल कायम चुक्ता पूँजीको १ बराबर ०५ को अनुपातमा ५० प्रतिशत अर्थात ७७ करोड ४४ लाख ५० हजार ६ सय रुपैयाँ बराबरको ७७ लाख ४४ हजार ५०६ कित्ता शेयर विक्रीका लागि बोर्डमा अनुमति दिएको हो । कम्पनीको हकप्रद शेयर निष्काशन तथा विक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ । कम्पनीले साउन २४ गते बोर्डमा निवेदन दिएको हो ।

लिवर्टी इनर्जी कम्पनी
यस कम्पनीले १ बराबर ०५ को अनुपातमा ५० प्रतिशत अर्थात ७५ करोड रुपैयाँको ७५ लाख कित्ता हकप्रद शेयर विक्रीका लागि बोर्डमा निवेदन पेश गरेको छ । कम्पनीको हप्रद शेयर विक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ । कम्पनीले बोर्डमा भदौ २१ गते निवेदन दिएको हो ।

ङादी ग्रुप पावर कम्पनी
यस कम्पनीले १ बराबर १ को अनुपातमा शतप्रतिशत अर्थात १ अर्ब ८५ करोड १२ लाख ७९ हजार २२३ रुपैयाँ बराबरको १ करोड ८५ लाख १२ हजार ७९२ कित्ता हकप्रद शेयर विक्रीका लागि बोर्डको अनुमति पखाईमा रहेको छ । कम्पनीको शेयर विक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ । कम्पनीले बोर्डमा भदौ २१ गते निवेदन दिएको हो ।

आँखुखोला हाइड्रोपावर कम्पनी
यस कम्पनीले १५० प्रतिशत हकप्रद शेयर विक्रीका लागि बोर्डमा निवेदन दिएको हो । कम्पनीले १ः१.५ को अनुपातमा १ अर्ब २० करोड रुपैयाँ बराबरको १ करोड २० लाख कित्ता हकप्रद शेयर विक्रीका लागि बोर्डमा निवेदन दिएको हो । कम्पनीले भदौ २१ गते बोर्डमा निवेदन दिएको हो । कम्पनीको शेयर विक्री प्रबन्धकमा नविल इन्भेष्टमेन्ट बैंकिङ रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

100%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS