Connect IPS
IME Life

सिटिजन्स बैंकले कर्णालीमा १० शाखा मार्फत अत्याधुनिक सेवा दिँदै

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनलले कर्णाली प्रदेशका विभिन्न जिल्लाका १० वटा शाखाहरु माफर्त करिब ७७ हजार मानिसलाई आधुनिक बैंकिङ सेवा सुविधा प्रदान गर्दै आएको छ । स्थापनाकाल देखिनै बैंकले कर्णाली प्रदेशको बैंकङ विस्तारलाई विशेष प्राथमिकता दिदै आएको जनाएको छ ।

बैंकले हुम्ला जिल्लाको सदरमुकाम सिमिकोट सहित नाम्खा र सार्केगाड एवं डोल्पाको दुनै र जुफाल लगायत मुगुको गमगढी, जाजरकोटको खलङ्गा र सुर्खेतको विरेन्द्रनगर शाखा मार्फत बैँकिङ सुविधा प्रदान गर्दै आएको उल्लेख गरेको छ ।

Prabhu
Crest

यसका साथै सिटिजन्स बैंकले कर्णाली प्रदेशको भौगोलिक अवस्थालाई मध्यनजर गर्दै यस क्षेत्रका ग्राहकलाई सहज रुपमा कृषि , पशुपालन र जडिबुटी सम्बन्धी कर्जा उपलब्ध गराउदै आएको छ ।

बैंकले देशैभरी फैलिएका आफ्ना १८८ वटा शाखा, १४८ वटा एटिएम र ९७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट १६लाख ६४ हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS