काठमाडौं । नबिल सेक्युरिटिजले संचालन भएको छोटो समयमा नै आकर्षक वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीको चालु आर्थिक वर्षको ३ महिनाको खुद नाफा १ करोड ७४ लाख रुपैयाँ रहेको छ । कम्पनीले प्रकाशन गरेको तथ्यांक अनुसार कम्पनीले असार मसान्तसम्म भने ५ करोड ९८ लाख खुद नाफा गरेको थियो ।
त्यस्तै कम्पनीको ३ महिनामा संचालन नाफा ३ करोड ५१ लाख रहेको छ । १ अर्ब ५२ करोड चुक्ता पुँजी भएको कम्पनीको जगेडामा ७ करोड ७३ लाख रुपैयाँ संचिति रहेको छ ।