काठमाडौं । आज शेयर बजारमा बृद्धि भएको छ । आज शेयर बजार नेप्से परिसूचक ४३ दशमलव २७ अंकले बढेर १,९०७ को विन्दुमा कायम भउको छ । आज सबै उपसूचकमा हरियाली छाएको छ । आज सबैभन्दा धेरै निर्जीवन बीम उपसूचक २ दशदलमव ८७ प्रतिशतले बढेको छ । आज २२३ कम्पनीको शेयर मुल्य बढेको छ भने १० कम्पनीको शेयर मुल्य घटेको छ ।
आज सबैभन्दा धेरै आशा लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । इन्फिनिटी लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ९ दशलमव ९७ प्रतिशतका दरले कमाएका छन् । मिड सोलु हाइड्रोपावर कम्पनीका लगानीकर्ताले ९ दशलमव ३१ प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै बिपीडब्लु लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ४ दशलमव ६२ प्रतिशतका दरले गुमाएका हुन् ।