काठमाडौं । आज शेयर बजारमा बृद्धि भएको छ । आज शेयर बजार नेप्से परिसूचक ४३ दशमलव २७ अंकले बढेर १,९०७ को विन्दुमा कायम भउको छ । आज सबै उपसूचकमा हरियाली छाएको छ । आज सबैभन्दा धेरै निर्जीवन बीम उपसूचक २ दशदलमव ८७ प्रतिशतले बढेको छ । आज २२३ कम्पनीको शेयर मुल्य बढेको छ भने १० कम्पनीको शेयर मुल्य घटेको छ ।
आज ९३ करोड ४८ लाख ९४ हजार रुपैयाँको शेयर कारोबार हुँदा सबैभन्दा धेरै सानिमा जिआइसी इन्स्योरेन्स कम्पनीको शेयर कारोबार भएको छ । आज कम्पनीको ४ करोड ४६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । कुमारी बैंकको ३ करोड १३ लाख रुपैयाँ संस्थापक शेयर किनबेच भएको छ । आइएमई लाइफको २ करोड ४२ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।