Connect IPS
IME Life

पठाओ दशैं महोत्सव २०८० को बम्पर पुरस्कार विशन र नवराजले जिते

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । ‘पठाओ दशैं महोत्सव २०८० को बम्पर पुरस्कार अन्तर्गत पठाओ क्याप्टेन नवराज बोगटी र पठाओ राइडर विशन सिंह कोट्टारीले यामाहा रे जेडआर १२५ एफआई हाइब्रिड स्कुटर जित्न सफल भएका छन् ।

काठमाडौं उपत्यकामा सेवा प्रदान गरिरहेका बाइक राइडर, पठाओ क्याप्टेन (ट्याक्सी चालक) र पठाओ हिरो (फुड डेलिभरी पर्सन) गरि तोकिएको मापदण्ड पूरा गरेका कुल ५८५ जना मध्ये गोला प्रथाद्वारा बम्पर पुरस्कार प्रदान गरिएको हो ।

Prabhu
Crest

पठाओ नेपालसंग आवद्ध भइ फ्रन्टलाइनमा दिनरात घाम पानी नभनी खटिने साथीहरूको सम्मानमा बम्पर पुरस्कारको सहकार्य गरिएको र आगामी दिनमा पनि यस्ता सहकार्य जारी राखिने यामाहाको नेपालका लागि आधिकारिक बिक्रेता एमए डब्लु इन्टरप्राइजेज प्रालिका जनरल म्यानेजर (सेल्स एण्ड बिजनेस डेभलपमेन्ट) दिपक रौनियारले बताए ।

बिजेता दुबैजनालाई पठाओ नेपालका असिम मान सिंह बस्न्यात र एमएडब्लु इन्टरप्राइजेज प्रालिका दिपक रौनियारले यामाहा रे जेडआर १२५ एफआई हाइब्रिड स्कुटर हस्तान्तरण गरेका छन् ।

गोला प्रथाद्वारा प्रदान गरिएको बम्पर पुरस्कारको कार्यक्रम पठाओ नेपालको सामाजिक सन्जाल मार्फत प्रत्यक्ष प्रशारण गरिएको थियो । बम्पर पुरस्कार बिजेता पठाओ क्याप्टेन नवराज बोगटी २०२२ मेमा पठाओमा आवद्ध भइ करिब ३ हजार ट्याक्सी राइड पुरा गरेका चालक हुन् ।

त्यस्तै बम्पर पुरस्कार कै अर्का बिजेता पठाओ राइडर विशन सिंह कोट्टारी २०२१ जनावरी देखि पठाओमा आवद्ध भइ ५ हजार बढी वटा बाइक राइड पुरा गरेका राइडर हुन् । उक्त दशैं महोत्सवको अफर असोजको ८ गते देखि २८ गतेसम्म चलेको थियो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS