काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक तर्फको १० हजार कित्ता शेयर सर्वसाधारणमा विक्री खुला गरेको छ । कम्पनीले यस अघि विद्यमान संस्थापक शेयरधनीहरूका लागि मात्र विक्री गर्दा वितरण हुन नसकेपछि सर्वसाधारणमा विक्री खुला गरेको हो ।कम्पनीले दिपक शर्माको नाममा रहेको शेयर विक्रीमा ल्याएको हो ।
उक्त शेयर खरीद गर्न ईच्छुक अन्य व्यक्ति तथा संस्थाहरूले आगामी ३५ दिनभित्र आवश्यक कागजात प्रमाण संलग्न गरी आवेदन दिनुपर्नेछ । आवेदन कम्पनीको कर्पोरेट कार्यालय ललितपुरा वा शेयर रजिष्ट्रार कार्यालय कुमारी क्यापिटल लिमिटेड नक्साल , काठमाडौंमा पेश गर्नुपर्ने जनाएको छ ।