Connect IPS
IME Life

नासा सेक्युरिटिजले ग्राहकहरुका लागि ल्यायो एआई च्याटबोटसँगै नौलो सुविधा

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल धितोपत्र बोर्डबाट शेयर ब्रोकरको कार्य गर्न अनुमति पाएको नासा सेक्यूरिटीज कम्पनी लिमिटेडले ग्राहक र सर्वसाधारणका लागि नौलो सुविधाहरु सार्वजनिक गरेको छ । नासा सेक्यूरिटीजले आफ्नो वेवसाईटको साजसज्जामा परिवर्तन गरी एआई माध्यमबाट ग्राहकहरुको समस्या समाधान गर्न च्याटबटको पनि व्यवस्था गरेको छ ।

वेवसाईट खोल्नासाथ तल दायाँतर्फ च्याटबट संकेत देखिने र त्यसमा क्लिक गरी ग्राहकले आफ्नो चासो तथा समस्या राख्न सक्नेछन् । एआईको माध्यमबाट समस्या समाधान र प्रश्नको सही जवाफ प्राप्त नभएमा सोही च्याटबटले सर्पोट टिकट बनाई नासा सेक्यूरिटीजका सम्बन्धित विभागका कर्मचारी समक्ष समस्या र गुनासो राख्न सकिने विकल्प पनि छ । सो पश्चात् कर्मचारीहरुले तत्कालै समाधान गरि सोको जानकारी गराउने व्यवस्था मिलाइएको प्रबन्ध सञ्चालक मदन पौड्यालले बताए ।

Prabhu
Crest

नासाले यस वर्षको दशैंको शुरुवातसँगै खल्ती डिजिटल वालेटसँगको सहकार्यमा आफ्ना सम्पूर्ण ग्राहकहरुले एकमुष्ट रुपमा ९ सय ९० रुपैैयाँ तिरेर १० वर्षका लागि हितग्राही र मेरो शेयर खाता नविकरण गर्न सकिने सुविधा शुरु गरेको छ । खल्ती डिजिटल वालेट मार्फत् यसरी हितग्राही खाता नविकरण गरेमा रु. ९९० मात्र भुक्तानी गरी सो सुविधा प्राप्त गर्न सकिनेछ । यसका लागि खल्ती वालेटको एपमार्फत् डिम्याट र मेरो शेयर विकल्पमा गई नविकरण गर्नुपर्नेछ ।

नासाले आफ्नो वेवसाईट मार्फत नासा ट्रेडिङ स्कुल नामक ओपन लर्निङ प्लेटर्फम पनि ग्राहकहरुका लागि प्रस्तुत गरेको छ । वेवसाईटको मुख्य पृष्ठको पहिलो लहरमा रहेको यो लिंकमा गई सर्वसाधारणले रजिष्ट्रेशन गरी शेयर बजार र कारोबारबारे विविध जानकारीमूलक श्रव्यदृश्य सामाग्रीहरु निःशुल्क रुपमा हेरी ज्ञान प्राप्त गर्न सक्ने छन् ।

नासाले डिटिजल उपकरणहरुको स्तरोन्नति गरी सम्बन्धित निकायहरुबाट अनुमति प्राप्त गरी अनलाईन सर्टिफिकेशनसम्मको सुविधा दिने योजना बनाएको सञ्चालक पौैड्यालले जानकारी दिए ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS