काठमाडौं । आज साताको तेस्रो दिन शेयर बजारमा दोहोरो अंकको बृद्धि भएको छ । आज नेप्से परिसूचक १३ दशमलव १८ अंकले बढेर १,८६४ को विन्दुमा कायम भएको छ । आज १७३ कम्पनीको मुल्य बढेको छ भने ५७ कम्पनीको शेयर मुल्य घटेको छ । आज होटल्स एण्ड टुरिजम, निर्जीवन बीमा उपसूक र ट्रेडिङ उपसूचक टेका छन् ।
आज सबैभन्दा धेरै एनआइबिएल प्रगति फण्डका इकाईधनीले कमाएका छन् । आज यस फण्डका इकाईधनीले ७ दशलमव ३५ प्रतिशतका दरले कमाएका छन् । श्वेत गंगा हाइड्रोका लगानीकर्ताले ६ दशलमव ९१ प्रतिशतका दरले कमाएका छन् । सिद्धार्थ इक्विटी फण्डका इकाईधनीले ६ दशमलव ४८ प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै हाथवे इन्भेष्टमेन्टका इकाईधनीले गुमाएका छन् । आज यस कम्पनीक ालगानीकर्ताले ८ दशलमव ५३ प्रतिशतका दरले गुमाएका छन् ।