काठमाडौं । आज साताको तेस्रो दिन शेयर बजारमा दोहोरो अंकको बृद्धि भएको छ । आज नेप्से परिसूचक १३ दशमलव १८ अंकले बढेर १,८६४ को विन्दुमा कायम भएको छ । आज १७३ कम्पनीको मुल्य बढेको छ भने ५७ कम्पनीको शेयर मुल्य घटेको छ । आज होटल्स एण्ड टुरिजम, निर्जीवन बीमा उपसूक र ट्रेडिङ उपसूचक टेका छन् ।
आज १ अर्बमाथिको शेयर कारोबार हुँदा सबैभन्दा धेरै हाथवे इन्भेष्टमेन्टको शेयर कारोबार भएको छ । आज कम्पनीको ४ करोड ६२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सानिमा जिआइसी इन्स्योरेन्सको ४ करोड ३३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एनआइसी एशिया बैंक २ करोड ९८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नविल बैंकको २ करोड १७ लाखको शेयर कारोबार भएको छ ।