Connect IPS
IME Life

कार्तिक महिनाका लागि वाणिज्य बैंकहरुले सार्वजनिक गरे नयाँ ब्याजदर, कुनको कति ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । वाणिज्य बैंकहरुले कार्तिक महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन्। बैंकहरुले प्रकाशित गरेको सूचना अनुसार अधिकांश बैंकहरुको ब्याजदर घटेको छ । बैंकहरुले प्रकानश गरेको ब्याजदर अनुसार १४ वाणिज्य बैंकहरुले असोजको तुलनामा कार्तिकमा ब्याजदर घटाएका छन्। त्यसैगरी, ४ बैंकले असोज महिनाकै ब्याजदरलाई निरन्तरता दिने भएका छन् भने २ बैंकहरुले ब्याजदर बढाएका छन्।

२० बैंकहरुमध्ये असोज महिनाको तुलनामा सबैभन्दा बढी ब्याजदर घटाउने बैंक भने एभरेष्ट बैंक रहेको छ। बैंकले कार्तिकका लागि ब्याजदर १.८३ प्रतिशत विन्दुले घटाएको हो । असोज महिनामा ११ दशमलव ०५४ प्रतिशत रहेको बैंकको व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर, कात्तिक महिनामा ९ दशमलव २२४ प्रतिशतमा झरेको छ।

Prabhu
Crest

त्यसैगरी, प्राइम कमर्सियल बैंक, नबिल बैंक र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले पनि १ प्रतिशत विन्दुभन्दा बढी ब्याजदर घटाएका छन्। सिद्धार्थ बैंक, माछापुच्छ्रे बैंक, लक्ष्मी सनराइज बैंक र राष्ट्रिय वाणिज्य बैंकले भने असोज मसान्तकै ब्याजदरलाई निरन्तरता दिएका छन्।

नेपाल एसबिआई बैंक र एनएमबि बैंकले भने ब्याजदर बढाएका छन्। एनएमबि बैंकको ब्याजदर १ दशमलव ०१३ प्रतिशत विन्दुले बढेको होभने नेपाल एसबिआई बैंकको ब्याजदर ० दशलमव ७ प्रतिशतले बढेको हो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

100%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS