Connect IPS
IME Life

नेप्सेमा २३ अंकको गिरावट हुँदा सबै उपसूचक रात्ताम्मे

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । आज नेप्से परिसूचक २३ दशमलव १६ अंकले घटेर १,८५१ को विन्दुमा कायम भएको छ । आज २२ कम्पनीको शेयर मुल्य बढेको छ भने २११ कम्पनीको शेयर मुल्य घटेको छ । आज सबै उपसूचक घटेका छन् ।

आज दिनभरिमा २८४ कम्पनीको ४८ लाख ३७ हजार ८९३ कित्ता शेयर किनबेच हुँदा १ अर्ब २५ करोड ३२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै प्रभु बैंकको संस्थापक शेयर कारोबार भएको छ । आज बैंकको ६ करोड २४ लाख रुपैयाँ संस्थापक शेयर कारोबार भएको छ । हाथवे इन्भेक्ष्टमेन्टको ५ करोड २७ लाख रुपैयाँको शेयर कारोबार भउको छ । सिटिजन लाइफको ३ करोड ६७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । रिलायबल नेपाल लाइफको ३ करोड ५८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Prabhu
Crest

आज सबैभन्दा धेरै सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ७ दशमलव ८७ प्रतिशतका दरले कमाएका हुन् । सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम २ का इकाईधनीले ७ दशमलव ३१ प्रतिशतका दरले कमाएका छन् । सुपर माई हाइड्रोपावरका लगानीकर्ताले ४ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै सयपत्री हाइड्रोपावर कम्पनी र हाथवे इन्भेष्टमेन्टका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS