काठमाडौं । एनआईसी एशिया क्यापिटल लिमिटेडद्वारा सञ्चालित दुईवटा योजनाले लाभांश घोषणा गरेका छन् । योजना व्यवस्थापक एनआईसी एशिया क्यापिटलको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९/ ८०को मुनाफाबाट एनआईसी एशिया ग्रोथ फण्ड र एनआईसी एशिया ब्यालेन्स्ड फन्डको लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
क्यापिटलले कर सहित एनआईसी एशिया ग्रोथ फण्डका इकाइधनीहरुलाई १० दशमलव ५० प्रतिशत र एनआईसी एशिया ब्यालेन्स्ड फण्डका इकाइधनीहरुलाई १० प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ । क्यापिटलले प्रतिफल वितरण प्रयोजनका लागि बुक क्लोज मिति पछि तय गर्ने जनाएको छ ।