Connect IPS
IME Life

डलर संकटः बंगलादेशी बीमकसँग विदेशी पुनर्बीमकले धमाधम पुनर्बीमा सम्झौता खारेज गर्दै

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । ब‌गलादेशमा केन्द्र सरकारको कोषमा घट्दो विदेशी मुद्रा संचितीसँगै पुनर्बीमा बीमाशुल्क भुक्तानी संकट चुलिएको छ । बंगलादेशी बीमकले विदेशी पुनर्बीमकलाई लामो समयदेखि पुनर्बीमा शुल्क भुक्तानी गर्न सकेका छैनन् ।

अमेरिकी डलरको चुलिंदो सङ्कटका कारण बक्यौता बढेकाले बंगलादेशी ठूला परियोजना र ठूला उद्योगलाई पुनर्बीमा सुरक्षाविहीन अवस्थामा छोडेर विश्वव्यापी पुनर्बीमकहरूलाई बाहिरिन बाध्य बनाउने भन्दै स्थानीय बीमकले चिन्ता जाहेर गरेको द बिजनेस स्ट्यान्डर्डले उल्लेख गरेको छ।

Prabhu
Crest

बंगलादेशको बीमा नियामक, बीमा विकास र नियामक प्राधिकरण (आइडीआरएआइ) को एक कागजातले सेप्टेम्बर २०२२ को अन्त्यसम्ममा विदेशी पुनर्बीमकलाई २० करोड अमेरिकी डलर भुक्तानी गर्न बाँकी रहेको थियो । ब‌ंगलादेशी बीमकहरू अग्नी बीमा, सामुद्रिक बीमाका लागी विदेशी पुनर्बीमकमा निर्भर छन्।

स्थानीय रिलायन्स इन्स्योरेन्स कम्पनीका प्रबन्ध निर्देशक खालिद ममुनलाई उद्घृत गर्दै द बिजनेश स्टाण्डर्डले बीमकहरुले निरन्तर पुनर्बीमा सम्झौता खारेजीको पत्र विदेशी पुनर्बीमकबाट प्राप्त गरिरहेको उल्लेख गरेको छ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

100%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS