काठमाडौं । नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडको व्यवस्थापनमा नबिल म्युचुअल फण्ड अन्तर्गत सञ्चालित नबिल ब्यालेन्स्ड फण्ड-२ ले कात्तिक १ गतेदेखि प्रतिफल वितरण गर्ने भएको छ । यस वर्ष योजनाले कर समेत ९ दशमलव ६ प्रतिशत नगद लाभांश वितरण गर्न लागेको हो ।
प्रतिफल प्रयोजनका लागि योजनाले असोज २६ गते एक दिन बुक क्लोज गरेको छ । बुक क्लोजको आधारमा असोज २५ गतेसम्म कायम इकाईधनीहरूले मात्र योजनाको प्रतिफल प्राप्त गर्न सक्नेछन् ।
बुक क्लोजपछि कायम इकाईधनीहरूको बैंक खातामै नगद लाभांश वितरण गर्न लागिएको हो । यसर्थ आफ्नो हितग्राही खातामा बैंक खाता नम्बर अद्यावधिक गराउन समेत योजना व्यवस्थापकले आग्रह गरेको छ । इकाई धितोमा राखी कर्जा उपयोग गरेका इकाईधनीहरूको हकमा भने सम्बन्धित बैंक तथा वित्तीय संस्थाको स्वीकृति पत्र पेश गर्नुपर्ने भनाई समेत योजना व्यवस्थापकको रहेको छ ।