Connect IPS
IME Life

सिटिजन्स बैंकको प्रस्तावित लाभांश आज पारित हुँदै

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सिटिजन्स बैंकको आज असोज २६ गते १७औं वार्षिक साधारण सभा हुँदैछ । उक्त सभा काठमाडौंको डिल्लीबजार स्थित अमृतभोगमा गर्ने कम्पनीले जनाएको छ । सभा विहान ११ बजे गर्नेकम्पनीको भनाई छ । कम्पनीको असोज ४ गते बसेको संचालक समितिको बैठकले उक्त सभाको मिति तय गरेको हो ।

बैंकले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको ५ दशमलव ७९ प्रतिशत नगद लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो । सभाले उक्त प्रस्ताव अनुमोदन गर्नेछ ।

Prabhu
Crest

सभाले आर्थिक वर्ष २०७९/०८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहित २०८० आषाढ मसान्तको बैंक तथा बैंकको सहायक कम्पनीहरु सहितको एकीकृत वासलात र मिति २०७७/४/०१ देखि २०८०/०३/३१ सम्मको नाफा नोक्सानको हिसाब तथा सोही अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरु माथि छलफल गरी पारित गर्नेछ ।

सभाले कम्पनी ऐन, २०६३ को दफा १११ अनुसार आर्थिक वर्ष २०८०/०८१ को लेखापरीक्षण गर्न लेखापरीक्षण समितिको सिफारिसमा लेखापरीक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने कम्पनी ऐन, २०६३ को दफा १११(३) बमोजिम बहालवाला लेखापरीक्षक श्री जे के एण्ड एसएस एसोसिएटस्, चार्टड एकाउन्टेन्टस् पुनः नियुक्त हुन योग्य हुने प्रस्ताव पारित गर्नेछ ।

सभाले बैंकको नियमावली अनुसार समूह क का संस्थापक शेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने सञ्चालक पद ३ र समूह ख का सर्वसाधारण शेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने सञ्चालक पद १ जना निर्वाचन गर्ने प्रस्ताव पारित गर्नेछ ।

सभाले सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरु एक आपसमा गाभ्ने र गाभिने ९मर्ज गर्न वा प्राप्ति ९एक्विजिसन० गर्न तथा वैदेशिक रणनीतिक साझेदारीमा जान उपयुक्त देखिएमा बैंकको चलअचल सम्पत्ति र दायित्त्व तथा कारोवारको मूल्याङ्कन गर्न राष्ट्रिय वा अन्तराष्ट्रिय मान्यता प्राप्त मूल्याङ्कनकर्ता नियुक्ति गर्न तथा गाभ्ने वा गाभिने वा प्राप्ति गर्ने सम्बन्धी प्रारम्भिक तथा अन्तिम सम्झौता गर्न र सो प्रक्रिया पुरा गर्न आवश्यक पर्ने सम्पूर्ण कार्य गर्नको लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने लगायतका प्रस्ताव पारित गर्नेछ ।

बैंकले साधारणसभा प्रयोजनको लागि असोज १५ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसकारण असोज १४ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन बैंकले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्ने छन् ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS