काठमाडौं । नबिल म्युचुअल फण्डअन्तर्गत सञ्चालित ‘नबिल ब्यालेन्स्ड फण्ड–२’को प्रतिफल सुरक्षित गर्ने आज अजोज २५ गते अन्तिम दिन रहेको छ । प्रतिफल वितरण प्रयोजनको लागि योजना व्यवस्थापक नबिल इन्भेस्टमेण्ट बैंकिङले भोलि असोज २६ गते १ दिन बुक क्लोज गर्ने निर्णय गरेको छ । यस आधारमा आज अर्थात २५ गते सम्म कायम इकाईधनीहरुले लाभांश पाउन योग्य हुनेछन् ।
योजना व्यवस्थापकले यस म्युचुअल फण्डका इकाइधनीलाई आर्थिक वर्ष २०७९/८०को सञ्चित मुनाफाबाट योजनाको आकार १ अर्ब १२ करोड रुपैयाँको कुल ९ दशमलव ६ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने निर्णय गरेको छ । इकाइधनीलाई कुल १० करोड ७५ लाख २० हजार रुपैयाँ नगद लाभांश वितरण गर्ने योजना व्यवस्थापकले निर्णय गरेको हो ।