काठमाडौं । मादमे खोला हाइड्रोपावर लिमिटेडले आज असोज २५ गते दोस्रो वार्षिक साधारण सभा गर्ने भएको छ । असोज ३ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले हार्दिक होटल, बागबजारमा बिहान ९ बजे सभा गर्ने निर्णय गरेको हो ।
सर्वसाधारणमा प्राथमिक शेयर निष्काशन (आइपीओ) गर्ने प्रस्ताव सभाले पारित गर्नेछ । साथै गत आर्थिक वर्ष ०७९/८० को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरण पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्ने कार्यसूची रहेकाे छ।