काठमाडौं । जगदम्बा स्टिल्स र एसवाई प्यानलले आइपीओ निष्काशन गर्नक ालागि नेपल धितोपत्र बोर्डमा निवेदन दिएका छन् । जगदम्बा स्टिल्सले असोज १७ गते र एसवाई प्यानलले असोज १९ गते नेपाल धितोपत्र बोर्डमा निवेदन दिएका हुन् ।
जगदम्बा स्टिल्स कम्पनीले अंकित मूल्य १०० रुपैयाँमा २०० रुपैयाँ प्रिमियम थप गरेर प्रति कित्ता ३०० रुपैंयामा शेयर निष्काशन गर्ने प्रस्ताव गरेको हो । कम्पनीले २ करोड ७० हजार कित्ता शेयर निष्काशन गर्ने प्रस्ताव गरेको हो । यस मार्फत कम्पनीले कुल ६ अर्ब २ करोड १० लाख रुपैयाँ संकलन गर्ने छ । कम्पनीले शेयर निष्काशनको लागि सिद्धार्थ क्यापिटललाई बिक्री प्रबन्धक चयन गरेको छ ।
त्यस्तै, एसवाई प्यानलले ५२ करोड ३२ लाख ५४ हजार ८ सय रुपैयाँ बराबरको ५२ लाख ३२ हजार ५४८ कित्ता आइपीओ विक्री गर्नका लागि बोर्डमा निवेदन दिएको हो । कम्पनीको आइपीओ निष्काशन तथा विक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ । बोर्डले अनुमति दिएपछि कम्पनीले आइपीओ निष्काशन गर्नेछन् ।