काठमाडौं । आज शेयर बजारमा सामान्य बृद्धि भएको छ । आज नेप्से परिसूचक ५ दशलमव १६ अंकले बढेर १,८९४ दशमलव ७६ को विन्दुमा कायम भएको छ । आज १३७ कम्पनीको शेयर मुल्य बढेको छ भने ८५ कम्पनीको शेयर मुल्य मात्रै घटेको छ । आज उत्पादनमुलक, निर्जीवन बीमा उपसूचक र ट्रेडिङ बाहेक सबै उपसूचक बढेका छन् ।
आज सबैभन्दा धेरै सिटी होटल्सका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । माण्डू हाइड्रोपावर कम्पनीका लगानीकर्ताले ९ दशलमव ९९ प्रतिशतका दरले कमाएका छन् । हाथवे इन्भेष्टमेन्टका लगानीकर्ताले ९ दशलमव ९९ प्रतिशतका दरले कमाएका छन् । समता घरेलु लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ९ दशलमव ९२ प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै सानिमा जिआइसी इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ४ दशलमव २१ प्रतिशतका दरले गुमाएका हुन् । ग्रिन डेभलपमेन्ट बैंकका लगानीकर्ताले ३ प्रतिशतका दरले गुमाएका छन् ।