काठमाडौं । सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडको आईपीओ बाँडफाँट सम्पन्न भएको छ । कम्पनीले प्रिमियम मूल्यमा आईपीओ निष्कासन गरेको हो । कम्पनीले प्रति शेयर एक सय रुपैयाँ अंकित मूल्यमा १३७ रुपैयाँ ५८ पैसा प्रिमियम थप गरी प्रति कित्ता २३७ रुपैयाँ ५८ पैसामा आईपीओ निष्कासन गरेको थियो ।
कम्पनीको आईपीओ बाँडफाँट पश्चात् कम्पनीको शेयर नेप्सेमा सूचीकृत हुने छ । नेप्सेले कम्पनीको पहिलो शेयर कारोबारको लागि १४२ रुपैयाँ ०१ पैसा देखि ४२६ रुपैयाँ ०३ पैसासम्मको ओपनिङ्ग रेञ्ज दिने सम्भावन छ । पहिलो कारोबार यही रेञ्ज भित्र हुने छ भने त्यस पश्चात् कम्पनीको कारोबार नियमित सेसनमा जाने छ ।
पहिलो शेयर कारोबारको लागि नेप्सेले कम्पनीको वास्तविक प्रति शेयर नेट्वर्थ देखि त्यसको तीन गुणासम्म मूल्य रेञ्ज तोक्ने गर्दछ ।