काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेडको स्वामित्वमा रहेको नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले संस्थापक समूहतर्फको १९ लाख ७९ हजार ४२४ कित्ता शेयर लिलामीमा विक्री गर्ने भएको छ । कम्पनीले आज एक सूचना जारी गर्दै यस्तो जनाएको हो ।
उक्त शेयरको न्यूनतम मूल्य प्रतिशेयर ३५५ रुपैयाँ तोकिएको छ । खरिदकर्ताले न्यूनतम मूल्य वा सो भन्दा बढी प्रतिस्पर्धात्मक मूल्य तोकी आवेदन पेश गर्नुपर्नेछ । खरिदकर्ताले न्यूनतममा १ लाख कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिनेछ ।
उक्त शेयर खरिद गर्न ईच्छुक विद्यमान संस्थापक शेयरधनी वा अन्य संगठित संस्था वा व्यक्तिहरुले कार्तिक २३ गतेसम्म आवेदन दिन सक्ने छन् । उक्त शेयर खरिद गर्न चाहानेले खरिद गर्न चाहेको शेयर विवरण समेत खुलाई गोप्य शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन् ।